ताजा समाचार

बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु

काठमाडौं । बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु भएको छ ।

पुर्चौडी नगरपालिका–२, भैरुमा पहिरो खस्दा उनीहरूको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर स्थानीय २५ वर्षीया अन्जु जागरी र उनका चार वर्षीय छोरा रिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख एवं डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।
डीएसपी शाहीका अनुसार आज बिहान करिब २ बजेतिर घरमाथिबाट पहिरो खस्दा उनीहरू पुरिएका थिए । “यहाँ अविरल वर्षापछि घरमा पहिरो खस्दा पुरिएर उनीहरूको मृत्यु भएको हो,” उनले भने ।

पहिरोमा परेर एकजना घाइते भएका छन् । स्थानीय १८ वर्षीय गोब्बर जागरी घाइते भएका डीएसपी शाहीले बताए । हातखुट्टामा चोट लागेका उनलाई उपचारका लागि बैतडीको सीमामा पर्ने दार्चुलास्थित गोकुलेश्वर अस्पतालमा पठाइएको डीएसपी शाही जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org