विदेश जाने नेपाली के–के सामान लैजान पाउँछन् ? यसबारे कस्तो प्रावधान छ ?
काठमाडौं । हामीले अहिलेसम्म विदेशबाट नेपाल आउँदा कसले के–के ल्याउन पाउँछन् ? कुन सामानको कति भन्सार लाग्छ भन्नेजस्ता समाचार धेरै पढ्यौँ । यो स्वाभाविक पनि हो । किनभने प्रायःजसो नेपालीले विदेशबाट नेपाल फर्किँदा सामान ल्याउँछन्। ब्रान्ड र मूल्यका हिसाबले पनि गुणस्तरीय र सस्तो सामान पाइन्छ भन्ने हाम्रो धारणा छ। यो धारणा गलत पनि होइन।
विदेशबाट फर्किने नेपालीले सामान ल्याएँझैँ नेपालबाट विदेश जाँदा पनि कतिपयले सामान लैजान्छन्। तर तपाईंलाई थाहा नहुन सक्छ कि विदेश जाँदा पनि सामान लैजान पाइन्छ, जसमा भन्सारशुल्क छुट हुन्छ या सरकारले तोकेअनुसार शुल्क तिरेर लैजान्छ सकिन्छ। त्यसोभए विदेश जाने नेपाली के–के सामान लैजान पाउँछन् ? यसबारे कस्तो प्रावधान छ ? कुन–कुन सामानमा भन्सार छुट हुन्छ ? यहाँबाट थाहा पाउन सक्नुहुनेछ ।
नेपाल राजपत्र भाग–५ मा उल्लेख भएअनुसार नेपालीले लुगाफाटो, बरबिछ्यौना, घर–गृहस्थीका पुराना समाना, औषधिलगायत सामान बिनाभन्सार लैजान पाउँछन्। यसैगरी, पुरुषले सुन २५ ग्राम र महिलाले ५० गमसम्म लैजान पाउँछन्। यसैगरी ५०० ग्रामसम्म चाँदी र एक लाख रुपैयाँबराबरको जवाहिरात जडित सुनचाँदीका गहना लैजान पाउँछन्।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारी गई लगातार ६ महिनासम्म काम गरी फर्केका श्रमिकले दुई थान नयाँ मोबाइल ल्याउँदा भन्सारशुल्क तिर्नुनपर्ने प्रावधान छ । यही प्रावधान श्रमिकले लैजाँदा पनि लागू हुन्छ ।
ट्याब्लेट, ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामेरा, भिडियो क्यामेरा र मोबाइल फोन एक–एक थान लैजाँदा कुनै भन्सार लाग्दैन। यसका साथै, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान, पेसागत यात्रुले प्रयोग गरी ल्याएको सामान जस्तै, डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीका लागि फुटबल, भलिबल, ब्याडमिन्टन सेट, गायक तथा संगीतकारले गितार, हार्मोनियम तबलजस्ता वाद्यवादन सामग्री लैजाँदा भन्सार पूर्णरुपमा छुट हुन्छ।
सात किलोसम्म खाद्य परिकार र एक लिटर मदिरा पनि भन्सार नतिरीकन लैजान सकिन्छ। नेपाली विदेश जाँदा सौगातका रुपमा प्रचलित कानुनबमोजिम निकासी गर्न निषेध गरिएका सामानबाहेक नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका मालसामान लैजाँदा कुनै महसुल लाग्दैन। तर मूल्य अभिवृद्धि कर लाग्ने सामानमा कर बीजक तथा मूल्य अभिवृद्धि कर नलाग्ने सामानमा स्थायी लेखा ९प्यान० नम्बर भएको बीजक पेस गरेमा मूल्यको सीमा बन्देज लागू हुँदैन।
यसैगरी सम्बन्धित वायुसेवाले यात्रुलाई साथमै लैजान दिन निश्चित तौलसम्मको नेपाली बजारमा खरिद गरिएका तर कानुनले निषेध नगरेका जुनसुकै मालसामान लैजान चाहेमा आवश्यक कागजात पेस गरी कानुनअनुसारको शुल्क र महसुल तिरी लैजाउन पाउँछन्। यसरी सामान लैजाँदा अग्रिम भुक्तानीको प्रमाणपत्र या प्रतीतपत्र आवश्यक पर्दैन। –INS
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...