ताजा समाचार

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्यो, सवारीसाधन दुईतर्फी नै रोकिए

नारायणगढ । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । उनले पहिरो पन्छाउने क्रम जारी रहे पनि पानी परिरहेकाले समस्या हुँदा कति समय लाग्न भन्न नसकिने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org