‘सुनकाण्डको सिलसिला अन्तिमसम्म नपुर्याइ हामी छोड्दैनौं’: ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्विन्टल सुन तस्करीमा गृहमन्त्रीले अरुलाई दोष दिएर उम्कन खोजेको आरोप लगाएका छन्।
कम्बोडियाबाट गएराति स्वदेश फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री नारायाणकाजी श्रेष्ठले नै सबैको ध्यान अन्यत्रै मोड्न विभिन्न प्रपञ्च गरिरहेको आरोप लगाए।
विमानस्थलको सुरक्षाको जिम्मा गृहमन्त्रीको भएको भन्दै अध्यक्ष अोलीले सानोतिनो संलग्नताबाट यति ठूलो तस्करी संभव नभएकाले गृहमन्त्रीले आफ्नो संलग्नताबारे स्पष्ट पार्नुपर्ने पनि बताए।
सुनकाण्डमा कसको संलग्नता छ भन्ने विषयमा तत्काल सत्यतथ्य बाहिर ल्याउनुपर्ने भन्दै ओलीले यस विषयलाई आफूहरुले नजिकबाट नियालिरहेको पनि बताए।
‘सुनकाण्डको शिलशिला अन्तिम नपुर्याइ हामी छोड्दैनौं, पहिला पनि सुन तस्करी हुने गरेको थियो। कसमाथि कारबाही हुन्छ हामी हेरिरहेका छौं। ओलीले भने।
गत साउन २ सोमबार निर्वाचनको पर्यवेक्षण गर्नका लागि कम्बोडिया गएका ओली एक सातापछि स्वदेश फर्किएका हुन्।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...