राप्रपाले सुन तस्करी प्रकरणमा संसद अवरोध गर्ने
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन भित्रिएको घटनामा संसद अवरोध गर्ने भएको छ।
तर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा नमाग्ने राप्रपाको भनाइ छ।
‘हामीले संसदमा गृहमन्त्रीको जवाफ माग गर्छौं तर उहाँको राजीनामा माग्दैनौँ, राप्रपामा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने, हामी गृहमन्त्रीको जवाफ नआएसम्म सदन चल्न दिने पक्षमा छैनौँ।
राप्रपाले सुन छुटाउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा फोन गरेका भनिएका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनको छोरालाई पक्राउ गरेर कारवाही गर्नुपर्ने माग अघि सारेको छ।
महरा र उनको छोराको कल डिटेलसहित समाचार आएको छ। कि त उनीहरुलाई कारबाही हुनुपर्छ। नभए गलत समाचार लेख्ने सम्पादकलाई कारबाही हुनुपर्छ’, शाहीले भने, पूर्वगृहमन्त्री महरा र उनको छोरालाई पक्राउ गरेर अनुसन्धान अघि नबढाएसम्म सदन अघि बढ्न सक्दैन। हामी सदनमा गृहमन्त्रीको जवाफ मागिरहन्छौँ।
Comments
अरु समाचार
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । चितवनमा...
-
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि...
-
संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण
काठमाडौं । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ...