ताजा समाचार

सुन बोकेर मालिकसम्म जान लागेको मानिसलाई किन सिनामंगलको बाटोमै समाइयो ?

काठमाडौं । पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई किन सिनामंगलको बाटोमै समाइयो ? भनी प्रश्न उठाएका छन् । रास्वपा भक्तपुरको भेलालाई शनिवार सम्बोधन गर्दै सभापति लामिछानेले मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका उठेकाले आफूहरुले संसदमा प्रश्न उठाएको बताए ।

सभापति लामिछानेले भने–सुन काण्डमा आश्चर्य लाग्दो कुरा छ,भारी बोकेको ट्याक्सी मालिकसम्म लान्थ्यो होला,गन्तव्यमा पुग्थ्यो होला । सूचना दिने मान्छेले पनि बाटोमा ट्याक्सी आउँछ मात्र भनेन होला, बिच बाटोसम्मको खबर पाउनेले भरिया समाउन सक्नेले मालिकसम्म किन पुगेन होला ?लमिछानेले सरकारको काम कारवाही ठूला मालिक देखेपछि त्यसलाई छाडेर अर्को फाइल खोल्नेतिर लागेकाले आफूहरुले खबरदारी गरेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org