ताजा समाचार

बालुवाटारको सडकमा डोजर तेर्साएर निर्माण व्यवसायीको प्रदर्शन

काठमाडाैँ । निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन्।

मंगलबार उनीहरूले सडकमा डोजरसहित प्रदर्शन गरेका हुन्।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई सरकारले छिटो सम्बोधन गर्नुपर्ने बताए।

निर्माण व्यवसायीलाई काममा फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठोस कार्ययोजना समेत ल्याउनुपर्ने उनले बताए।

‘सम्झौताहरू कार्यान्वयनमा नआएसम्म र सबै ठेक्काको एकमुष्ठ म्याद थप नभएसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org