ताजा समाचार

कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगन

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका स्टललाई प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाइ समस्या समाधान गर्ने सहमति भएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा सो सहमति जुटेको अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले जानकारी दिनुभयो । सहमतिमा समितिका तर्फबाट समितिका अध्यक्ष मदन भुजेल र सञ्जालका तर्फबाट सञ्जालका संयोजक नेपाल किसान महासङ्घका सभापति गणेशचन्द्र तिमिल्सिनाले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिसँगै समितिको परिसरमा हुँदै आएको धर्ना स्थगन भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा बन्ने कार्यदलमा सञ्जालका प्रतिनिधि पनि रहनेछन् । सञ्चालले गत असार २४ मन्त्री भुसाललाई भटेरे ती विषयमा ध्यानाकर्षण गराएको थियो ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका स्टललाई प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाइ समस्या समाधान गर्ने सहमति भएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा सो सहमति जुटेको अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले जानकारी दिनुभयो । सहमतिमा समितिका तर्फबाट समितिका अध्यक्ष मदन भुजेल र सञ्जालका तर्फबाट सञ्जालका संयोजक नेपाल किसान महासङ्घका सभापति गणेशचन्द्र तिमिल्सिनाले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिसँगै समितिको परिसरमा हुँदै आएको धर्ना स्थगन भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा बन्ने कार्यदलमा सञ्जालका प्रतिनिधि पनि रहनेछन् । सञ्चालले गत असार २४ मन्त्री भुसाललाई भटेरे ती विषयमा ध्यानाकर्षण गराएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org