ताजा समाचार

महासंघ अध्यक्ष ढकाल र अन्तर्राष्ट्रिय वित्त निगम उपाध्यक्ष सुसनबीच भेटवार्ता

पूर्वाधार विकासमा सहयोग गर्न अध्यक्ष ढकालको वित्त निगमसँग अनुरोध

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले आर्थिक मन्दिको अवस्थाबाट अर्थतन्त्र सुधारका साथै वित्तीय पहुँच वृद्धिका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय वित्त निगमलाई आग्रह गरेको छ।

साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत् लगायतका पूर्वाधार विकास एवम् लगानी प्रवद्र्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको महासङ्घको भनाइ छ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग निगमका उपाध्यक्ष सुसन लनको आज भएको भेटमा उक्त आग्रह गरिएको हो। कोभिडपछिको तीव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा मूलतः आफ्नै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र सङ्कुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको अध्यक्ष ढकालले बताए।

निजी क्षेत्रले काम गर्न नपाउँदा राजस्व करिब १३ प्रतिशतले घटेको र चर्को मूल्यवृद्धिका कारण सर्वसाधारणको क्रियशक्ति पनि घट्दै गएको उनको भनाइ छ। सो अवसरमा नेपालको तीन दिने भ्रमणमा रहेकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवद्र्धनका लागि महासङ्घसँग सहकार्य गर्न आफू तयार रहेको बताइन्।

पछिल्लो समय निगमसँगको सहकार्यमा महासङ्घले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो।

महासङ्घले साना उद्यमीका लागि सुरु गर्न लागेको विकास केन्द्र र सीप विकास महत्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाइ थियो। लनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवद्र्धन लगायतका विषयको नेतृत्व गर्छिन्।

भेटका क्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अधिकांश उद्योग न्यून क्षमतामा सञ्चालित रहेकाले बजार चलायमान बनाउन आवश्यक रहेको बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org