ताजा समाचार

अमेरिकी उत्पादन क्षेत्रमा नौ महिनादेखि लगातार गिरावट, माग कमजोर भएको ठहर

काठमाडौं । अमेरिकी उत्पादन क्षेत्रमा लगातार नवौँ महिना पनि गिरावट आएको छ । आपूर्ति व्यवस्थापन इन्स्टिच्युट ९आईएसएम० ले सार्वजनिक गरेकोतथ्याङ्क अनुसार जुलाईमा पनि उत्पादन घटेर लगातार नौ महिनासम्म गिरावट आएको हो ।

अमेरिकामा पेट्रोलियम, कोइला र फर्निचरसँग सम्बन्धित उत्पादन जुलाइमा केही बढे पनि अरु १६ वटा क्षेत्रको उत्पादन घटेको छ । जुन महिनाको तुलनामा केही सुधार देखिए पनि समग्रता उत्पादन घटेको आईएसएम सर्वेक्षण प्रमुख टिमोथी फियोरले बताउनुभएको एएफपीले जनाएको छ ।

माग कमजोर रहेकै कारण उत्पादन घटेको उहाँको भनाइ छ । विश्वको अर्थतन्त्रमा देखिएको समस्याका कारण अमेरिकामा पनि उपभोग्य बस्तुको माग घटिरहेको छ । यस्तै फेडरल रिजर्भको मौद्रिक नीतिमा गरिएको कडाइले कम्पनीको खर्चमा पनि असर पारेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org