ताजा समाचार

कमजोरी स्वीकार्न नडराउने भन्दै प्रचण्डले भने- हाम्रो पार्टी पार्टीजस्तो भएको छैन

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी पार्टीजस्तो नभएको बताएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी कमीकमजोरी स्वीकार नडराउने बताए । ‘माओवादी कमीकमजोरी स्वीकार डराउँदैन । हामी विभाजनको पीडाबाट गुर्जिनुपर्‍यो । अहिले पार्टी पार्टीजस्तो भएको छैन,’ उनले भने ।

अध्यक्ष प्रचण्डले पछिल्लो समय माओवादीहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको बताए । उनले भने, ‘अहिले एकताको पहल भइरहेको छ । त्यसका लागि समाजवादी मोर्चा पनि बनाएका छौँ ।’

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले गठबन्धन सरकारले जनताका पक्षमा काम गरेको दाबी गरे । ‘गठबन्धन सरकारले जनताको पक्षमा काम गरेको छ । कामलाई थप प्रभावकारी बनाउनुपर्नेछ । केन्द्रीय समिति बैठकले थप प्रभावकारी बनाउन भूमिका खेल्नेछ,’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org