ताजा समाचार

नेप्सेमा ‘स्विङ’, परिसूचक बढ्यो कारोबार रकम घट्यो

काठमाडाैँ । मंगलबार घटेको नेप्से परिसूचक बुधबार भने बढेको छ।

बुधबार ९.२५ प्रतिशतले नेप्से बढेर २०८६.८४ विन्दुमा पुगेको हो।

तीव्र उतारचढावमा देखिएको बजार अन्तिम समयमा बढेको हो। कारोबारको मध्यसम्म २०६२ विन्दुसम्म पुगेको नेप्से त्यसपछि पटक-पटक फर्किने प्रयासमा भने देखियो।

यसदिन कारोबार रकम घटेको छ। मंगलबार एक अर्ब ९२ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा बुधबार भने एक अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको हो।

कारोबारमा आएको २ सय ६९ सेयरमध्ये १ सय ३४ वटाको मूल्य बढेको छ भने १ सय ४ वटाको मूल्य घटेको छ।

आज कारोबारमा आएकामध्ये जलविद्युत, लघुवित्त र व्यापारमुलक समूहको परिसूचक घटेको छ।

यसदिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ४ प्रतिशतसम्म बढेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सबैभन्दा धेरै ११ करोड १९ लाख रूपैयाँको सेयर किनबेच भएको छ।

यसदिन बजारको आकार ३० खर्ब ६७ अर्ब बराबरको भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org