ताजा समाचार

प्रतितोला २०० रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौंं । नेपाली बजारमा आज सुनको भाउ २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीमा प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो चाँदीको भाउ १ हजार ४६० रुपैयाँमा रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org