२४ उपसचिव र ११ शाखा अधिकृतको सरुवा, को–कहाँ ? (सूचीसहित)
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।
काठमाडौंमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ ।
यो सरुवासँगै निमित्तका भरमा चल्दै आएका मधेश प्रदेशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको मन्त्री अमनलाल मोदीको भनाइ छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव वेदराज फुयाँललाई नगराइन नगरपालिका धनुषाको प्रमुख प्रशासकीय अधिकृत बनाएर सरुवा गरिएको छ ।
धनुषाकै विदेह नगरपालिकामा भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयका काजीबहादुर विष्टलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिएको छ ।
भूमि व्यवस्था मन्त्रालयकै देवीबहादुर भण्डारीलाई मिथिला बिहारी नगरपालिका धनुषामा, अनन्त कुमार बस्नेतलाई बरहथवा नगरपालिका सर्लाहीमा र योगेन्द्र दुलाललाई कटहरिया नगरपालिका रौतहटमा सरुवा गरिएको छ ।
राष्ट्रिय योजना आयोगका डा. नारायण पौडेललाई गोलबजार नगरपालिका सिरहामा र प्रधानमन्त्री कार्यालयका ज्ञानहरि घिमिरेलाई धनुषा नगरपालिका धनुषामा सरुवा गरिएको छ ।
लोक सेवा आयोगका एकनारायण शर्मालाई गढीमाई नगरपालिका रौतहट, केशव शर्मालाई रामगोपाल नगरपालिका महोत्तरी, उमेश कुमार पोखरेललाई मनरासिसवा नगरपालिका महोत्तरी, देवीप्रसाद सुवेदीलाई बोदेबरसाइन नगरपालिका सप्तरी र हिमलाल भण्डारीलाई पचरौता नगरपालिका बारामा सरुवा भएको छ ।
हेर्नुहोस् सरुवा भएका उपसचिव र शाखा अधिकृतहरुको नामावली
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...