ताजा समाचार

शुक्रबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ।

शुक्रबार सुन–चाँदीको भाउ कुनै फेरबदल भएको छैन। आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार पनि छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा नै कारोबार भएको थियो। हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो।

शुक्रबार चाँदी तोलाको १ हजार ४२५ रुपैयाँ कायम भएको छ। बिहीबार पनि चाँदी १ हजार ४२५ रुपैयाँमै कारोबार भएको थियो। हिजो चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org