ताजा समाचार

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुना प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार सुनको मूल्य तोलाको एक लाख १२ हजार २०० रुपैयाँ कायम रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org