ताजा समाचार

पार्टीमा कुनै उत्साह छैन, कार्यकर्तामा ‘बरु एमालेतिरै जाने’ चिन्तन विकास भयो: नेता खनाल (पूर्णपाठ)

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गरेको बेलाजस्तो पार्टीमा उत्साह नभएको विश्लेषण गरेका छन् । पार्टीले सही दिशा लिन नसक्दा कार्यकर्तामा बरु एमालेतिरै जाने भन्ने चिन्तन विकास भएको उनको निष्कर्ष छ ।

काठमाडौंमा जारी पार्टीको स्थायी कमिटी बैठकमा लिखित दस्तावेज पेश गर्दै खनालले पार्टी झनझन् शिथिल र कमजोर बन्दै गएको बताएका हुन् ।

‘विद्रोहको बेला युवा, विद्यार्थीमा जुन उत्साह, अठोट र जाँगर थियो, अहिले दिशाहीन महसुस गरिरहेका छन्’ खनालले प्रतिवेदनमा भनेका छन् ।

खनालले पार्टी स्थापनाको दुई वर्षको निर्मम समीक्षा गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री खनालले कांग्रेस र माओवादीले धोखा दिएका कारण चुनावमा अपेक्षित सीट ल्याउन नसकेको उल्लेख गरेका छन् । केन्द्रीय कमिटी बैठकअघि नेकपा एसको स्थायी कमिटी बैठक बसिरहेको छ । सोही बैठकमा खनालले दस्तावेज पेश गरेका हुन् ।

‘नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरी धोखा दिए । हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छबि र साख नराम्ररी गिराई दियो । कार्यकर्ताहरू देशव्यापी रूपमा निरास भए । त्यसपछि “बरु एमालेतिरै जाने” भन्ने चिन्तनको विकास हुन थाल्यो र पलायन बढ्दै गयो’ खनालले भनेका छन् ।

खनालले पार्टीको मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेस रहेको टिप्पणी गरेका छन् । ‘यतिबेला नेपाली समाजको ठोस राजनीतिक स्थितिमा हाम्रो पार्टीको र सबै वामपन्थी समूहको मुख्य प्रतिद्वन्द्वी शक्ति भनेको मुख्यतः दक्षिणपन्थी शक्तिका रूपमा रहेको नेपाली कांग्रेसबाहेक अरु कुनै हुन सक्दैन । यसबारे हामीलगायत सबै वामपन्थी समूहले प्रष्ट क्रान्तिकारी दृष्टिकोण र अडान राख्न सक्नुपर्छ’ खनालले प्रतिवेदनमा भनेका छन् ।

अधिकांश वामपन्थी समूहहरू मुख्य प्रतिद्वन्द्वी शक्तिसँग “गठबन्धन”, “कार्यगत एकता” वा “मोर्चा” बनाउँदै सत्ताका चुस्की लिइरहेको टिप्पणी गरेका छन् ।

यस्तो छ खनालको दस्तावेज

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org