ताजा समाचार

काठमाडाैँमा अखडा जमाएर बसेका कर्मचारीहरुलाई उपत्यका बाहिर पठायाैँ: मन्त्री मोदी

काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि अमनलाल मोदीले स्थानीय सरकरले गरेका केहि कमीकमजोरीलाई लिएर संघियता बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन।

मंगलबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै सङ्घीय मामिला मन्त्रि मोदीले प्रदेश सरकार वा स्थानीय सरकारले काम गर्ने शिलशिलामा भएका कमजोरीले संघियता कमजोर नहुने बताएका हुन ।
व्यवस्था र परिस्थिति सबै नयाँ भएको र अनुभव पनि नभएको अवस्थामा कमजोरी हुनु स्वभाविक रहेको मन्त्रि मोदीले बताए । केहि व्यक्ति र समूह संगठित रुपमा साना साना कमजोरीलाई देखाएर व्यवस्था कमजोर बनाउन लागि परेको पनि बताए । पछिल्लो समयमा केहि राजनैतिक पूर्वाग्रह राख्ने व्यक्तिहरुले प्रधानमन्त्रीलाई पनि मुछ्ने प्रयास गरेको बताउनु भयो ।स्थानीय तह, प्रदेश र संघको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भैसकेकोले विगतको अनुभव र कमजोरीहरु अहिलेको लागि मार्गदर्शक हुने भएकोले नकारात्मक टिप्पणी नगर्न आग्रह गरे।

यस्तै कार्यक्रममा संघिय मामिला मन्त्रि मोदीले धेरै ठुलो दबाबको सामना गरेर काम गर्नु परेको बताए । काठमाडौँ उपत्यका भित्र वर्षौं देखि बसिरहेका मन्त्रीको भाषामा अखडा जमाएर बसेका कर्मचारीहरुलाई उपत्यका बाहिर पठाएको जिकिर गरे ।
काठमाडौँ उपत्यका बाहिर कहिल्यै नगएकाहरु अहिले बाहिर जानु परेपछि फर्किन निरन्तर दबाब दिइरहेको बताए। मन्त्रि मोदीले इतिहासमा कसैले नगरेको काम आफुले गरेको ठोकुवा गरे ।

नेपालमा कार्यान्वयनको चरणमा रहेको संघिय शासन व्यवस्था बिस्तारै स्थीर र स्थायित्व हुने बताए । यसलाई सबैले मिलेर सहयोग गर्न आग्रह गरे। संघीयता कार्यान्वयन र अभ्यासको पहिलो पाँच वर्ष संक्रमणकाल जस्तै भएकोले उल्लेख्य केहि ‘नदेखिएको भए पनि केहि नै नभएको भन्न नहुने मन्त्रि मोदीले बताए। अहिले धेरै क्षेत्रमा नवीन र उदाहरणीय काम सुरु भएको र ।संघीयता कार्यान्वयनको अबको दोस्रो चरण पहिलोभन्दा परिवर्तनकारी, अर्थपूर्ण रहने बताए। आगामी दिनमा जनमानसमा रहेको संघीयताप्रतिको संशय पनि हट्ने विश्वाश गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org