शीर्ष नेताको छलफलका नाममा संसद बैठकको समय हेरफेर गर्न पाइँदैन: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताको छलफलका नाममा संसद बैठकको समय हेरफेर गर्न नपाइने बताएका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सभामुखले तय गरेको समयमा बैठक अनिवार्य सुरु हुने व्यवस्था गर्न माग गरे । ‘सदन चल्ने समय एउटा हो भनिसकेपछि त्यो सदन त्यो समयमा चल्नभन्दा अगाडि चाहे रात परोस्, चाहे विहान होस्, देखिएका, आवश्यक पर्ने दलका नेताहरु अगाडि नै बैठक बसेर सभामुखमार्फत आएको सदन चल्ने समयमा सदन किन चल्दैन रु’ रविले प्रश्न गरे ।
तीन जना नेताहरु सल्लाह गर्नुपर्ने भए संसदको तोकिएको समय भन्दा पहिले नै छलफल गर्नुपर्ने र तोकिएको समयमा बैठक सुरु हुनैपर्ने उनले बताए । ‘यो बार्गेनिङ रातारात किन गर्न सक्दैनन्, सदन चल्ने बेलामा नै किन गरिन्छ रु’ उनले प्रश्न गरे । सांसदहरु हरेक दिन कतिबेला संसद बैठक सुरु हुन्छ भनेर घडी हेरेर बसिरहनुपरेको भन्दै उनले यो क्रियाकलाप रोक्न माग गरे । ‘निरन्तर रुपमा भइरहेको यो क्रियाकलाप रोक्न जरुरी छ ।
केही दलका केही नेताहरु बसेर यत्तिका जनप्रतिनिधिका तर्फबाट निर्णय गरेर यो सदनलाई बन्धक बनाउन पाइँदैन, यो तय होस्, सभामुखबाट रुलिङ होस् कि कुनै पनि दिन यदि तोकिएको समय र मितिमा संसद चल्छ भनेर सूचना टाँसिसकेपछि त्यो सयममा घण्टी बज्नुपर्छ । त्यो घण्टी बज्नभन्दा अगाडि जे जे कुरा मिलाउनुपर्छ मिलाए हुन्छ’ सभापति लामिछानेले भने ।
अमुक नेता मिल्दा र नमिल्दा संसद चल्ने र नचल्ने निर्णय गर्न नहुने भन्दै उनले संसदमा जनताका कुरामा छलफल हुनुपर्ने बताए । अहिले पनि शीर्ष नेताहरुबीच संसदीय समितिको सभापतिमा भागवण्डा मिलेका कारण नै संसद चलेको उनले बताए । ‘संसदीय समितिको भागवण्डाको कुरा मिलेर भागवण्डा मिलेर संसद सहज भएको सुन्नमा आएको छ, यदि त्यसो हो भने हामी खुशी छौं, राष्ट्रिय स्वतन्त्र पार्टी सैद्धान्तिक हिसाबले प्रमुख प्रतिपक्ष बन्न गयो’ लामिछानेले भने ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...












