ताजा समाचार

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

काठमाडौं । संसद्को अवरोध हटाउने विषयमा बुधबार प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

उनीहरूबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमालेले करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । यो विषयमा सत्तापक्ष सहमत छैन । दुवै पक्ष आ–आफ्नो अडानमा रहँदा सदनको अवरोध लम्बिँदो छ ।

संसद् बैठकअघि शीर्ष नेताबीच छलफल भएको हो । प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org