प्रधानमन्त्री प्रचण्डको क्युबा, न्युयोर्क र चीन भ्रमणको गृहकार्य
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ अन्तिम सातापछि क्युबा, संयुक्त राष्ट्रसंघीय महासभा न्युयोर्क र छिमेकी चीन भ्रमणमा जाने गरी गृहकार्य भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डले प्रमुख प्राथमिकतामा चीनको भ्रमणलाई राखेका छन् । ‘प्रधानमन्त्रीको भ्रमणका लागि कूटनीतिक च्यानलबाट तयारी भइरहेको छ । समयको चापलाई हेरेर सकभर सबै ठाउँमा भ्रमण हुने गरी गृहकार्य हुँदै छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।
कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सुरुमा क्युबाको भ्रमण गर्ने गरी तयारी छ । भदौ अन्तिम साता क्युबाको दुईदिने भ्रमण सकेर प्रधनमन्त्री प्रचण्ड न्युयोर्कमा पुग्ने कार्यतालिकामा गृहकार्य भइरहेको स्रोतले बतायो । २ असोजदेखि संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रअन्तर्गत उच्चस्तरीय सम्बोधन सुरु हुनेछ । त्यसलाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने योजनामा छन् ।
प्रधानमन्त्री प्रचण्डलाई ६ असोजमा चीनको हान्जाउमा आयोजना हुने एसियाली खेल कार्यक्रममा सहभागीसमेत हुने गरी औपचारिक भ्रमणको निमन्त्रणा छ । ‘संयुक्त राष्ट्रसंघमा सम्बोधन र उच्चस्तरीय भेटघाट सकिएपछि सम्भव भएसम्म मात्रै खेल हेर्न जाने सोचमा प्रधानमन्त्री हुनुहुन्छ । एसियाली खेलमा सहभागी हुन समयले दिएन भने न्युयोर्कबाट बेइजिङ गएर उच्चस्तरीय औपचारिक भेटवार्ता गर्ने गरी तयारी गर्न प्रधानमन्त्रीले भन्नुभएको छ । त्यहीअनुसार तयारी भइरहेको छ,’ परराष्ट्र स्रोतले भन्यो, ‘समयको चापले गर्दा यीमध्ये रोज्नुपर्ने अवस्था आएमा प्रधानमन्त्रीको पहिलो रोजाइ चीन हो । चीनमा औपचारिक वार्ता हुने मिति तलमाथि नहुने गरी क्युबा र न्युयोर्कको कार्यक्रमका लागि गृहकार्य गर्नु भन्ने निर्देशनअनुसार समन्वय भइरहेको छ ।’
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












