‘प्राधिकरणका महानिर्देशकले पूर्वाग्रही ढंगले सिम्रिक एयरको उडानमा रोक लगाए’
अराजक महानिर्देशकलाई संरक्षण गर्ने को हो ?
काठमाडौं । नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले सिम्रिक एयरको उडानमा पूर्वाग्रही ढंगले रोक लगाएका छन् । हिजो बिहीवार सिनामंगलमा एयर ट्राफिक कन्ट्रोलर एसोसिएसन (नाट्का)को साधारणसभामा सिम्रिक एयर तथा नेपाल वायु सेवा संघका अध्यक्ष रामेश्वर थापाले समग्र प्राधिकरण तथा महानिर्देशक अधिकारीको व्यवहार निजी वायु सेवा सञ्चालक मैत्री नभएको भाषण गरेका थिए । सो भाषणलगत्तै प्राधिकरणले सिम्रिक एयरको उडानमा रोक लगाएको हो ।
थापाले प्राधिकरणको नेतृत्वले सही व्यवहार गर्नुपर्यो भन्ने बोलेका थिए । त्यसको रिस महानिर्देशक अधिकारीले थपालाई फेरेको टिप्पणी गरिएको छ । निजी वायु सेवा सञ्चालकलाई दुव्र्यवहार गर्ने गरेको भन्दै प्राधिकरण र यसमा आबद्ध कर्मचारीहरु पछिल्लो समय झन् विवादित हुँदै गएका छन् । अधिकारी प्राधिकरणको महानिर्देशक भएर आए यता चाहिने\नचाहिने निर्णय गरेर हवाइ क्षेत्रका व्यवसायीलाई दुःख दिने गरेका छन् । यस्तै मन्त्रीसँग पनि पैसाको बलमा टसल गर्ने गरेका गुनासो पनि उत्तिकै छ ।
सिम्रिक एयर लिमिटेड विगत २१ वर्षदेखि नेपालको कानुनअनुसार दर्ता भई लिनुपर्ने अनुमति लिई काम गरिरहेको अग्रणी हेलिकप्टर सेवा प्रदायक संस्था हो । यस संस्थाले विगत २१ वर्षको दौडानमा विभिन्न दैविप्रकोप, आपतकालिन लगायत भौगोलिक विकटता भएको स्थानमा उद्दार एवं राहतलगायत सुरक्षित सेवा दिदै आएको छ । यस संस्थाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै व्यक्तिहरुलाई रोजगार दिएको छ । यस्तै राजस्वको हकमा पनि यस क्षेत्र मध्ये उल्लेखनिय राजश्व भुक्तानी गर्दे आएको लिमिटेडले विज्ञप्तिमा दाबी गरेको छ । विभिन्न डिजिटल मिडियाको माध्यमबाट नेपाल नागरिक उडडयन प्राधिकरणका प्रवक्तालाई उदृत गर्दै सम्पे्रषित गलत र भ्रामक समाचारहरु प्रति सिम्रिक एयरले गम्भीर आपत्ति जनाएको छ ।
विगत केहि समयदेखि प्राधिकरणले निजी क्षेत्रबाट संचालित हवाई सेवा प्रदायक कम्पनीहरुलाई विभिन्न बहानामा प्रत्यक्ष अप्रत्यक्षरुपमा निरुत्साहित गर्ने गरेको गुनासो छ । यस व्यवसायमा रहेकाहरुको व्यवसायलाई धराशायी पार्ने उद्देश्यले प्राधिकरणले पटकपटक विनाकारण दुःख दिदै आएकोमा सोको विरुद्ध वायु सेवा संचालक संघ नेपालका अध्यक्षको हैसियतले थापाले आवाज उठाउँदै आएका छन् । प्राधिकरणको वेथितिको सम्बन्धमा सिम्रिक एयर कम्पनिका अध्यक्षले आवाज उठाएको हुनाले निजलाई व्यक्तिगत रुपमै लक्षित गर्दै उनी आबद्ध संस्थाको गरीमाप्रति भ्रम सिर्जना गर्न खोजिएको नियति प्रष्ट देखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
विगत २१ वर्षदेखि नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन नियमावली पालना गरि नियमअनुसार बुझाउन पर्ने रकम नियमअनुसार बुझाउँदै आएको पनि लिमिटेडले प्रष्ट पारेको छ । उता प्राधिकरणका पदाधिकारीले भने प्राधिकरणलाई बक्यौता बुझाइसकेपछि मात्रै उडान प्रतिबन्ध फुकुवा हुने सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












