ताजा समाचार

एमालेले सुन प्रकरण र संसद् अवरोधबारे आज विशेष पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । नेकपा एमालेले सुन प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो ।

वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org