काठमाडौं महानगरले भदौ १ गतेदेखि नियमित अनुगमन गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थित गर्नका लागि आगामी भदौ १ देखि नियमित अनुगमन गर्ने जनाएको छ । यही साउन महिनाभित्र अनुगमनका लागि सूचक तयार पार्ने, सूचना र विवरण तयार पार्ने, कामको खाका तयार पार्नेजस्ता काम सम्पन्न गरी भदौ १ देखि नियमित अनुगमन गर्ने तयारी कामपाले गरेको छ । कामपाका उपप्रमुख सुनिता
डङ्गोलले भदौदेखि नियमित र आकस्मिक अनुगमनलाई नियमित सञ्चालन गर्ने गरी काम भइरहेको बताइन् । अनुगमन समितिको संयोजनसमेत रहेकी उपप्रमुख डङ्गोलले भनिन्, “अहिले पनि आकस्मिकरूपमा अनुगमनको काम भने भइरहेको छ तर यसलाई थप व्यवस्थित र नियमित गर्न लागिएको हो ।”अहिले ‘अनुगमन कार्यविधि’ तर्जुमाका लागि कार्यदल गठन भई कार्यप्रारम्भ भइसकेको छ । ‘अनुगमन टोली परिचालन कार्यविधि’ तर्जुमाको पनि थालिएको छ । “नतिजामुखी अनुगमनका लागि वार्षिक योजना, खरिद योजना, अनुगमन तथा मूल्याङ्कन योजना र नीति कार्यान्वयन योजना मुख्य औजार रहेको बताइएको छ ।
विगतका वर्षहरूमा भने कामपाले आफ्नो अधिकार क्षेत्रमा पर्ने स्थानमा चाडवाड आउनै लाग्दा मात्रै अनुगमनको काम गर्ने गरेको थियो । मौसमीरूपमा गरिएको अनुगमनको काम प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै कामपाले चाडवाड सुरु हुनु केही महिना अघिदेखि नै त्यस्ता काम गर्न लागिएको जनाएको छ ।
चालु आर्थिक वर्षमा कामपाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने स्थानमा व्यक्तिगत तथा संस्थागत भान्छालाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न ‘स्वच्छ भान्छा’ कार्यक्रमका लागि रु तीन करोड ५० लाख विनियोजन गरेको छ । कामपाको समग्र स्वास्थ्य कार्यक्रमतर्फ भने कुल रु ९२ करोड ६६ लाख ४४ हजार विनियोजन गरेको छ । स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा उपभोक्ता अधिकार तथा बजार व्यवस्था अनुगमन समितिको व्यवस्था गरिएको छ । कार्यपालिकाअन्तर्गतका विषयगत समितिले गरेका काम, स्वीकृत वार्षिक कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको समितिले गर्छ ।
उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेस गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्ने व्यवस्था रहेको छ । सुपरीवेक्षण समितिका कामको समन्वय एकाइले गर्छ । यस समिति मातहतमा जनजीविका र सार्वजनिक सरोकारका क्षेत्रको अनुगमन गर्न पाँचवटा अनुगमन टोली गठन गरिएका छन् ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












