‘निवेदन लिएर मेरो बयान लिइदिनुस् भनेर सीआईबीमा जान्छु’: महरा
काठमाडाैँ । इलेक्ट्रिक सिगरेट (भेप) मार्फत् नेपालमा नौ किलो सुन भित्र्याएको प्रकरणमा नाम जोडिएका सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समक्ष बयान दिन जाने बताएका छन्।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई यस्तो भनेर महरा लुम्बिनी हुँदै दाङ पुगेका छन्।
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी मन्त्री र पदाधिकारीहरूको बैठकमा महराको विषय उठेपछि गृहमन्त्री श्रेष्ठले महरा ‘आवश्यक परे सीआईबीमै पुगेर बयान दिन तयार रहेको’ सुनाएका हुन्। बैठकमा महरा उपस्थित थिएनन्।
बैठकमा प्रधानमन्त्री दाहालले सरकार सुन तस्करी लगायतका संगठीत अपराध छानविनमा प्रतिवद्ध रहेको बताउँदै माओवादी नेताहरूको संलग्नता रहेको अवस्थामा उनीहरू आफैँले यसबारे प्रष्ट पार्नु पर्ने बताएका थिए।
‘हाम्रो पार्टीका जो जो नेताको नाम जोडिएको छ, आफैँले आफ्नो संलग्नताबारे प्रष्ट पार्नुहोला’, प्रधानमन्त्री प्रचण्डले बैठकमा भने, ‘सीआईबीमा गएर बयान दिन तयार रहनु होला।’
प्रधानमन्त्रीको भनाइपछि बैठकमा महरामाथि लागेको आरोपबारे छलफल भएको थियो। तर महरा बैठकमा उपस्थित नभएकाले उनको भनाई उधृत गर्दै गृहमन्त्री श्रेष्ठ बोलेको बैठकमा उपस्थित एक नेताले बताए।
‘जुन फोन मेरो भनेर आएको छ त्यो मेरो होइन, म र मेरो छोराको संलग्नता सुन तस्करीमा छैन,’ श्रेष्ठले महराको भनाइ उधृत गरे, ‘मैले प्रहरीलाई पनि फोन गरेर मेरो बयान लिनुस्, म बयान दिन आउँछु भनेको छु। अब म निवेदन नै लिएर मेरो बयान लिइदिनुस् भनेर सीआईबीमा जान्छु।’
बैठकमा महराले प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटेर यही कुरा राखेर दाङ गएको ब्रिफिङ भएको थियो।
प्रधानमन्त्री प्रचण्डले नै पछिल्ला प्रकरणमा पार्टीका नेताहरूको नाम जोडिएको भन्दै अनुसन्धान अघि बढाउन गृहमन्त्रीलाई अन्य नेताहरूकै अगाडि निर्देशन दिएका थिए।
‘कहिले कृष्णबहादुर महराजी जोडिएको भनेर समाचार आउँछ, कहिले को नेता जोडिएको भनेर प्रचार हुन्छ,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘माओवादीका नामबाट जोडिएका सबैलाई ल्याएर छानबिन गर्नुस्।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले माओवादीका नेताहरूलाई कारबाही नगरी अन्य दलतर्फ मात्र सरकार केन्द्रीत भएको आरोप लगाउँदै आएका छन्।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...