ताजा समाचार

महाकाली नदीको बहाव बढेपछि शारदा व्यारेजमा सवारि आवागमनमा रोक

काठमाडौ। महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढे सँगै सवारीसाधन आवागमनमा रोक लगाइएको हो । अत्याधिक वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेर एक लाख क्युसेक नाघे पछि आइतबार साँझदेखि नै सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश डाँगीका अनुसार शारदा ब्यारेजमा बिहान ८ बजे पानीको सतह एक लाख ७२ हजार क्युसेक मापन गरिएको थियो।

राति पानीको सतह बढे पनि सोमबार बिहानदेखि भने बहाव घट्दो क्रममा रहेको डीएसपी डाँगीले बताए।

डाँगीका अनुसार नदीमा पानिको सतह एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनमा आवागमनमा रोक लगाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org