ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाको मुहान जाने बाटो अवरुद्ध

३० साउन, काठमाडौं । लगातारको वर्षा कारण मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेनका शेर्पाका अनुसार हेलम्बु राजमार्गका विभिन्न ठाँउमा गएको पहिरोका कारणले बाटो अवरुद्ध हो ।
वर्षा पछि मेलम्ची खोलामा आएको ठुलो बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गबजारबाटै सडक सञ्जाल टुुटेको छ भने स्थानिय वस्तीहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।
विगत देखि नै बाढिपहिरो बाट सास्ती खेप्दै आएका सिन्धुपालचोकका स्थनिय वासिन्दाले सङ्घ र प्रदेश सरकारले बेवास्ता गरेको दुखेसो पोखेका छन् ।

आन्तरिक स्रोत न्युन भएको हेल्मबु गाउँपालिका बासी खानेपानी आयोजनाले सहयोग गर्ने कुरामा आशावादी थिए तर कुनै सहयोग र चासो नदिएकोमा गुनासो गर्छन । विगतको भन्दा .बजेट पनि कटौती भएको र सिमित बजेट बाट विकासमा खर्च गर्ने कि,पहिरो रोकथाममा खर्च गरौ भनेर अध्यक्षले प्र्रश्न गरेका छन् ।

आयोजनाको काम सकिए पछि सडकलाई वेवास्ता गरेको भन्दै पछि पनि मेलम्चीबाट पानि लाने भए सडक सञ्चालनमा वेवास्ता गर्न नहुने अध्यक्षले बताए ।

‘खोलालाई पुरानै धारमा फर्काउनका लागि करोडौँ बजेट खर्च भयो तर अहिले उपलब्धि केही छैन, आगामी दिनमा हेलम्बुमा दीर्घकालीन योजनाबिना जथाभावी खोलामा मेसिन हाल्न रोक लगाउँछु’, अध्यक्ष शेर्पाले भने ।

उनका अनुसार अहिले पाटीभञ्ज्याङ हुँदै हेलम्बु जोड्ने वैकल्पिक सडक सञ्चालनका लागि काम भइरहेको छ । बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्णरूपमा टुटेकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्न प्रयास थालिएको उनले जानकारी दिए ।

अध्यक्ष शेर्पाले काठमाडौँबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने सडक सञ्चालनका लागि काम भइरहेको बताए । गत हिउँदमा नदी नियन्त्रण तथा व्यवस्थापनका लागि गरिएको सबै प्रयास असफल भएपछि अहिले तनाव सिर्जना भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org