ताजा समाचार

एमालेको सार्वजनिक कार्यक्रममा अध्यक्षबाहेक अन्यको फोटो प्रयोग नगरिने

काठमाडौं । पार्टीको कार्यक्रममा आसन ग्रहण नगराउने निर्णय गरेको नेकपा एमालेले अतिथि र वक्तालाई दर्शक दीर्घामै राख्ने र सार्वजनिक कार्यक्रममा अध्यक्ष बाहेक अरूको फोटो प्रयोग नगर्ने भएको छ।

सोमबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्णय गरिसकेको भए पनि सर्कुलर आउन बाँकी रहेको जानकारी बुधवार साँझ दिएका थिए ।

सोही विषयलाई थप प्रष्ट पार्दै उपमहासचिव विष्णु रिमालले सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापन सम्बन्धी पार्टीका निर्णयहरूका बारेमा नेता कार्यकर्ताहरूलाई परिपत्र गरिएको बताएका छन् ।
उनका अनुसार मञ्चको प्रयोग वक्ताले मात्रै गर्ने, अतिथि र वक्ताहरूलाई दर्शक दीर्घामा नै आसनको व्यवस्था मिलाउने, सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्यको फोटो प्रयोग नगर्ने निर्णय भएको छ ।
यस्तै कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने निर्णय भएको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org