प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको बन्दोबस्ती मिलाएर फर्किए माओवादी केन्द्रका महासचिव गुरुङ
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ स्वदेश फर्किएका छन्।
गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको चाँजोपाजो मिलाउन चीन गएका गुरुङ आज तिब्बत एयरलाइन्सको विमानबाट स्वदेश फर्किएका हुन्।
माओवादी उच्च स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा समावेश हुने सम्भावित एजेण्डाबारे छलफल गर्न उनलाई चीन पठाइएको हो। चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु र कूटनीतिक निकायमा छलफलपश्चात गुरुङ फर्किएका हुन्।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणपश्चात चीन भ्रमण गर्ने गरी तयारी थालेपनि अन्तिममा अमेरिकाबाट चीन भ्रमण हुनेगरी कार्यतालिका बनाएको छ। प्रचण्ड सेप्टेम्बर १६ (भदौ ३०) मा अमेरिका भ्रमणमा जाने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी त्यसदिन न्युयोर्क जाने भएका हुन्। प्रचण्ड सेप्टेम्बर २१ मा सम्बोधन गरेपछि सोही दिन चीन प्रस्थान गर्नेछन्।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेपछि असोज ४ गते बेइजिङ प्रस्थान गर्ने दाहालको भनाई छ। चीन भ्रमणमा रहँदा प्रधानमन्त्री दाहालले राष्ट्रपति, प्रधानमन्त्री र त्यहाँका कम्युनिस्ट पार्टीका नेताहरूसँग द्विपक्षीय वार्ता हुने जानकारी दिएका छन्।
प्रधानमन्त्री दाहालले विद्युत व्यापार सम्झौता हुने यसअघिदेखि बताउँदै आएका छन्। रसुवा-चीन सीमामा क्रस बोर्डर ट्रान्समिसन लाइन जडान गर्ने सहमति भएको उनको भनाइ छ।
यसअघि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा पनि चीन भ्रमणका गएका थिए।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












