ताजा समाचार

संखुवासभा कैदि हत्या प्रकरणमा कैदीलाई शारिरिक यातना दिएर हत्या गरिएको मानव अधिकारकर्मीहरुको निष्कर्ष

३२ साउन, काठमाडौं । जिल्ला कारागार संखुवासभा खाँदबारीमा २ कैदीको हत्या प्रकरणमा मानव अधिकारकर्मीहरुले कैदीलाई शारिरिक याताना दिएर मारिएको निष्कर्ष निकालेका छन् ।
स्थलगत अनुगमनमा पुगेको मानव अधिकारकर्मीहरुको टोलीले कारगार भित्र राति नै कुटपिट गरेर कैदि बन्दीको हत्या गरेको र बिहानमात्रै उनीहरुलाई अस्पताल लगेको पाईएको बताएका छन् ।
मृत्यु हुनेमा संख्वासभा मादी नगरपालिक–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको रहेका छन् । उनिहरुको गत बुधबार कारागार भित्र सुरक्षाकर्मी कै बिच हत्या भएको थियो ।

दुवैजना बुधबार राती कारागार शौचालयको झ्याल भत्काएर भाग्न खोजेको थिए । भाग्ने क्रममा बाहीरी पर्खाल नाघेर भाग्न खोज्दा खोज्दै प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई कारागारका सुरक्षाकर्मी र कैदीले कुटेको अनुमान निकालीएको छ ।

घटनास्थलको स्थलगत अनुगमनका लागि पुगेका इन्सेक कोशी प्रदेश संयोजक सोमराज थापाले भने, भित्र बाहिर निर्मम र पाशविक यातना दिएपछि अन्तिममा भित्री प्रशासनलाई बुझाएको र भित्र प्रशाशनले पनि कुटपिट मारेको देखिन्छ ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका प्रमुख पवनकुमार भट्टले राज्यको नियन्त्रणमा रहेका मानिसको अमानवीय तरिकाले कुटपिट पछि मृत्यु भएको देखिएको बताए ।

मृतकमाथि रड र लाठी पनि प्रहार भएको अनुगनका लागि पुगेको टोलीका एक सदस्यका बताए । यातना दिने क्रममा उनीहरुको खुट्टामा रड घोपिएको डाम शवमा प्रष्ट देखिन्छ। सुरुमा प्रहरीले यातना दिएपछि अन्तिम अवस्थामा कारागारको आन्तरिक प्रशासनलाई बुझाएको पाईएको छ ।

राज्यको गम्भीर लापरबाही देखिएको बताउँदै उनले आयोगले अनुगमन प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने बताए ।

अमानवीय शैलीमा कुटेर कैदीलाई मारिएको आयोगको निष्कर्ष रहेको श्रोतले बताएको छ । यति क्रुर र पाशविक यातना दिएको देखिन्छ कि सोच्दा नै आङ सिरिङ्ग हुन्छ,’ एक सदस्यले भने सुरुमा प्रहरीले कुटपिट गरे, अब बाच्दैन है भनेपछि कैदीबन्दीलाई बुझाएका रहेछन् ।

बाहिर तिन घण्टा कुटेर अन्तीमा मात्रै घटनालाई डाइभर्ट गर्न भित्र बुझाएको अनुगमनका क्रममा देखिएको इन्सेक प्रदेश संयोजक थापाले बताए ।

‘बाहिर मरासन्न हुनेगरी कुटपिट गरेको र घटना डाइभर्ट गर्नका लागि भित्री प्रशासनलाई बुझाएको देखिन्छ,’थापाले भने, ‘सुरुको मुख्य जिम्मेवार प्रहरीबाटै यातना दिएको देखिन्छ ।’

राज्यको नियन्त्रणमा भएका मानिस मारिएको बताउँदै उनले घटनामा संलग्नलाई कारबाही र पीडितलाई न्याय राज्यले दिनुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्र गोदारका अनुसार दुई जना विरुद्ध किटानी जाहरे परे पनि प्रहरीले ८ जनामाथि अनुसन्धान गरिरहेको छ । आठ जनाको अनुसन्धानपछि थव विषय खुल्ने उनले बताए ।

‘अहिलेसम्म आठ जनालाई अनुसन्धानको दायरमा ल्याएका, छौं भोलिसम्म थप विषय आउछ, उनले भने, ‘किटानी भने दुई जनालाई छ ।’ शवको पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानका लागि थप विषय अगाडि आउने बताउँदै उनले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org