ताजा समाचार

ट्रम्पलाई चिठीमार्फत् विष पठाएको आरोपमा अमेरिकी अदालतले एक महिलालाई २२ वर्ष जेल सजाय

१ भदौ, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् जैविक हतियार विष पठाएको आरोपमा अमेरिकी अदालतले एक महिलालाई झण्डै २२ वर्षको जेल सजाय सुनाएको छ ।

क्यानडियन ति महिलाले सन् २०२० मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरेर ह्वाईट हाउस पठाएको तर त्यहाँ पुग्नु पहिले नै प्रहरीले बरामद गरि चिठीमा विष रहेको पत्ता लगाएको थियो ।

५६ वर्षीया पास्कल फेरियरलाई अदालतले झण्डै २२ वर्ष जेल सजायँ सुनाएको छ। फेरीयाले अदालत समक्ष आरोप स्विकार गरि सकेकी छन् । उनले बयानका क्रममा आफैले पठाएको तर ट्रम्प सम्म नपुगेकाले दुःखी भएको बताएकी थिइन् ।

विष(सेरिन) अडेरको बिउमा पाइन्छ,यो विषक्त प्रोटिन हो यो सेवन गरेमा वा कुनै पनि माध्यम बाट शरिर भित्र प्रवेस गरेमा
ज्वरो आउने,रुघाखाकी लाग्ने,फोक्सोमा पानी जम्ने र बिरामीको मृत्यु सम्म हुन सक्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org