ताजा समाचार

राष्ट्रिय मान्यताप्राप्त दलका शिर्ष नेतासँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोधबारे राष्ट्रिय मान्यता प्राप्त दलका शिर्ष नेतासंग छलफल गर्दैछन ।

आज दिउँसो साढे १२ बजे   सिंहदरबारस्थित  प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफल हुँदैछ ।

६० किलो सुन काण्डको छनबिन गर्न उच्च स्तरिय समिती गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले साउन १० गतेदेखि संसद अवरोध गर्दै आइरहेको छ ।

संसद अवरोधबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गर्न लाग्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

गत निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय मान्यताप्राप्त पार्टी बनेका थिए।

अवरोध खुलाउन राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरेले पनि नेताहरु सँग भेटघाट र छलफल गर्दै आउनु भएको थियो । तर दलहरुबीच सहमति जुट्न नसकेकाले बैठक बस्न सकेको छैन् । आज दिउँसो १ बजे बोलाइएको संसद बैठक पनि बस्ने नबस्ने अनिश्चित छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको सुन राजश्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलमा नियन्त्रणमा साउन १० गतेदेखि लिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org