ताजा समाचार

नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक जारी, यी ७ एजेन्डामा छलफल हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरू भएको छ ।

पार्टी मुख्यालय आलोकनगरमा जारी बैठकमा ७ एजेन्डामा छलफल हुने बताइएको छ ।वर्तमान राष्ट्रिय परिस्थिति, संगठन सुदृणिकारणको रिपोर्टिङ, पार्टीका सैद्धान्तिक विचारका सवाल, संगठनात्मक अवस्था, आन्तरिक समस्या, आगामी कार्ययोजना संगठनात्मक अभियान र महाधिवेशनबारे र नेतृत्वलाई सुझाव दिने कार्यसूची तय भएको छ ।

बैठकले आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्ने महासचिव घनश्याम भुसालले बताए । पार्टी महाधिवेशनको मिति र स्थान तोक्न केन्द्रीय कमिटी बैठक यही भदौ ५ देखि ७ गतेसम्म बस्दैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org