ताजा समाचार

इङ्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि

काठमाडौँ । महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ ।

अस्ट्रेलियाको सिड्नीमा आइतबार भएको फाइनल खेलमा इङ्ल्याण्डलाई १–० गोल अन्तरले हराउँदै स्पेनले उपाधि उचालेको हो ।

खेलको दोस्रो हाफमा बेलायतकी गोलकिपरले स्पेनको पेनाल्टी बचाइएकी थिइन् ।

स्पेन र इंग्ल्यान्ड दुवै पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेका हुन् । प्रतियोगितामा ३२ वटा टिमको सहभागी थिए । स्वीडेनलाई पराजित गर्दै स्पेन र आयोजक अस्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको थियो । शनिबार तेस्रो स्थानमा लागि भएको खेलमा स्वीडेन विजयी भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org