ताजा समाचार

प्रदीप गिरी बिपी पछिकै ठूलो समाजवादी चिन्तकः सभापति देउवा

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरी बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन् ।

सोमबार पार्टी कार्यालय सानेपामा स्वर्गीय गिरीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले समाजवादी चिन्तकका रूपमा बीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरीकै नाम आउने बताएका हुन् ।

‘समाजवादी चिन्तकका रूपमा बीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीपजीकै नाम लिनुपर्ने हुन्छ । उहाँ धेरै ठूलो विद्वान हो, बीपीपछिको ठूलो समाजवादी चिन्तक हो,’ देउवाले भने ।

सभापति देउवाले स्वर्गीय गिरीका बाँकी कृति र लेखहरू भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताए । उनले गिरीका लेखबाट सिंगो पार्टी नै लाभान्वित हुने बताए । सभापति देउवाले गिरीप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको बतए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org