ताजा समाचार

राष्ट्रपतिज्यूको शुभेच्छा सकारात्मक छ, कसैले विमति राख्नुपर्ने कारण छैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेको बताएका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेको जानकारी दिए।

‘हामी निरन्तर छलफलमा छौँ। संसद् सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौँ,’ प्रधानमन्त्रीले सर्वदलीय बैठकमा भने।
प्रधानमन्त्री प्रचण्डले संसद् सुचारु होस् भन्ने राष्ट्रपतिको सुभेच्छा सकारात्मक रहेको बताए।

‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ। यसमा कसैले विमति राख्नुपर्ने कारण छैन,’ प्रधानमन्त्रीले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org