ताजा समाचार

साताको तेस्रो दिन मंगलबारः नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

आज सबै उपसूचक वृद्धि भएसँगै १७.६९ अंकले बढेको परिसूचक २०१५.९८ विन्दुमा पुगेर रोकिएको छ।

मंगलबार सबै उपसूचकहरुमा हरियाली छाएको थियो। सबैभन्दा धेरै वित्त उपसूचकमा २.२१ प्रतिशत लगानीकर्ताले कमाएका छन्। मंगलबार २७७ धितोपत्रको ३४ हजार ५०८ वटा कारोबार हुँदा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँको सेयर किनबेच भएको छ ।

लगातार ओरालो लागिरहेको नेप्से आज साताको तेस्रो दिन भने दोहोरो अंकमा वृद्धि भएको हो ।यसअघि, आइतबार २१ अंकले र सोमबार १२ अंकले घटेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org