जेबी टुहुरेलाई सरकारले दियो ‘जनगायक’को उपाधि
काठमाडाैँ । सरकारले चर्चित प्रगतिशील गायक जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिएको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय गायक टुहुरेलाई उक्त उपाधिले सम्मान गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
शर्माका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्तावमा टुहुरेलाई उक्त उपाधि दिने निर्णय गरेको हो।
सयौँ जनवादी र प्रगतिशील गीत गाएका टुहुरेको २ वर्षअघि निधन भइसकेको छ। उनको २०७८ भदौ १० गते ७८ वर्षको उमेरमा बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको थियो। उनको जन्म सुनसरीको धरानमा भएको थियो।
कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारले तत्काल बयोधा अस्पताल लगेका थिए। उनको मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेपछि निधन भएको थियो।
मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचाप लगायतका दीर्घरोग भएका कारण उनको शल्यक्रिया भएको थिएन।
दोस्रो संविधानसभा सदस्य समेत रहेका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी थियो। उनी २० वर्षको उमेरदेखि सांगीतिक क्षेत्रमा लागेका थिए।
वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा लागेका टुहुरेले १ सय ५० भन्दा बढी गीत गाएका छन्।
‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’ बोलको चर्चित जनवादी गीत उनको सबैभन्दा प्रख्यात गीत हो। जुन गीत उनले वि.सं. २०३४ सालदेखि गाउँदै आएका थिए।
टुहुरेले गाएको अर्को चर्चित गीत ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि मानिसहरुको जिब्रोमा झुण्डिएको छ।
Comments
अरु समाचार
-
अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडियो
काठमाडौँ । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आज छाडिएको छ । अभिनेता केसीलाई अहिले केही...
-
मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई
काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई...
-
पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक
काठमाडौँ । पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक भएको छ । खेल विधामा लामो समयदेखि कलम चलाउँदै आएका घिमिरेको...
-
गायक प्रकाश रन्काको नयाँ कोसेली ‘कान्छी फिलिलि’ सार्वजनिक(भिडियाेसहित)
काठमाडौं । सर्जक तथा गायक प्रकाश रन्काको नयाँ कोसेली ‘कान्छी फिलिलि’ सार्वजनिक भएको छ । गीत राजकुमार फिल्म युटयुब च्यानलबाट...
-
‘जवान’ले बलिउडका अहिलेसम्मका सबै व्यावसायिक रेकर्ड तोड्यो
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको पछिल्लो नयाँ फिल्म 'जवान'ले बलिउडको अहिलेसम्मको सबै व्यावसायिक रेकर्ड तोडेको छ । उनको यस...
-
डा.ओममूर्ति अनिल : ‘जीवन्त सम्बन्ध’ को गहिराइमा (पुस्तक समीक्षा)
काठमाडौं । जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ धेरै...
-
क्यानडामा गुन्जँदै नेपथ्य
काठमाडौं । नेपथ्यले पहिलोपटक क्यानडाको संगीतयात्रा गर्नेभएको छ। निर्धारित तालिका अनुसार अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफूलाई क्यालगरी सहरको...
-
गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक
काठमाडौँ । गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा...
-
आजदेखि बिपी साहित्य महोत्सव
काठमाडौं। नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आज (आइतबार)देखि तीन दिनसम्म बीपी...