ताजा समाचार

बुधबार सुन चाँदीको मुल्यमा सामान्य वृद्धि

काठमाडौं । बुधबार सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । साताको चौथो दिन आज सुनको मुल्य एक सय रुपैयाले वृद्धि भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि दश रुपैयाले वृद्धि भएको छ ।आज छापावाल सुनको मूल्य एक लाख १० हजार ६०० सय रहेको छ भने तेजावी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।

मंगलबार एक लाख १० हजार ५०० रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो, भने तेजावी सुन एक लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा तोलाको १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँका कारोबार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org