ताजा समाचार

कोशीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध रिट लिएर एमाले नेताहरु सर्वोच्चमा

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको दाबी गर्दै नेकपा एमाले रिट लिएर सर्वोच्च अदालत पुगेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहितका नेता बुधबार सर्वोच्च अदालत पुगेका हुन् ।

उनको रिट निवेदन दर्ताको क्रममा रहेको एमाले कोशी प्रदेशसभाका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए ।

कोशीका मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिएका थिए । सो क्रममा सभामुखको आसन रहेर सभा संचालन गरिरहेका इस्राइल मन्सुरीले मतदान गरेका थिए ।

उनले अन्य सांसदले मतदान गरी मत सच्याउने बेला थापाको पक्षमा मतदान गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org