ताजा समाचार

एक महिना देखिको अवरोध हट्यो प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज देखि खुलेको छ । झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज देखि खुलेको हो ।

साउन ३ गते त्रिभुवन विमानस्थल बाट अवैध रुपमा सुन तस्करी गरेर ल्याउदै गर्दा विमानस्थल बाहिर बरामद गरिएको सुनको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउनु पर्ने माग प्रतिपक्षले राखेर संसद अवरुद्ध गरे पछि संसद बैठक चल्न सकेको थिएन ।त्यसै बिच राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच औपचारिक सहमति भएपछि मात्रै प्रतिनिधिसभा बैठक सञ्चालन भएको हो।

संसदको बुधबारको बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्बोधन गर्दै दलहरुबीच भएको सहमति सदनलाई जानकारी गराएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org