ताजा समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ ।

संसद भवन नयाँ बानेश्वरमा बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
यसअघि बुधबार लामो समयको अवरोधपछि बैठक सञ्चालनमा आएको थियो ।

एमालेको मागअनुसार सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने सहमति पछि संसदको अवरोध हटेको थियो ।
उक्त बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गरिएको विषय पनि जानकारी गराइएको छ ।

त्यस्तै, बैठकले १० वा सोभन्दा बढी दिनसम्म बैठकमा अनुपस्थित भएका सांसदको अनुपस्थितिको सूचना पनि स्वीकृत गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org