ताजा समाचार

बास्तविकतालाई नबुझेर सुन प्रकरणमा नाम जोडेर बद्नाम गर्न खोजियोः महानिर्देशक अधिकारी

काठमाडाैँ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले अनाहकमा सुन प्रकरणमा नाम जोडेर बद्नाम गर्न खोजिएको बताएका छन ।

सुन प्रकरणबारे विषयको बास्तविकतालाई नबुझेर प्रतिशोध साँधेर विभिन्न सञ्चार माध्यमले शंकाको भरमा बद्नाम गर्न खोजेको महानिर्देशक अधिकारीले न्युज नेपाललाई जानकारी दिए ।
उनले भनेः ३/४ बर्ष पहिले भएको सामान्य फोन सम्पर्कलाई लिएर ममाथी षड्यन्त्रपुर्ण ढंगबाट मिडियाबाजी गर्न खोजियो । कोही व्यक्तिसँग सम्पर्क हुँदैमा र केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भनेर प्रचारबाजी गरिनु र समाचार लेखेर भ्रमित पार्नु गलत हो अधिकारीले भने ।

यस्तै दावा छिरिङसँग २०७७ सालमा भएको सामान्य कुराकानी पछि उक्त व्यक्तीसंग मेरो कुनै सम्पर्क भएको छैन, मेरो कल डिटेल हेर्न सकिन्छ । यसरी विषयको वास्तविकता नबुझेर कसैको व्यक्तिगत प्रतिष्ठामा आँच आउने गरी भ्रमपुर्ण ढंगबाट प्रचारबाजी र समाचार सम्प्रेषन गर्नु गलत हो ।
सुन प्रकरणमा ‘अध्यागमन विभागका महानिर्देशक र सुन तस्कर दावाबीच गहिरो कनेक्सन’ भन्ने शिर्षकमा एक सञ्चार माध्यमले समाचार प्रकाशन गरेपछी महानिर्देशक अधिकारीले उक्त समाचारको खण्डन गरेका हुन ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पार गरेर बाहिर आएको सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० केजी सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय जाँजबुझ आयोग गठनको भएको छ । उक्त आयोगले असोज १ गतेबाट अनुसन्धान सुरु गर्नेछ । अहिले नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले अनुसन्धान गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org