ताजा समाचार

‘गिरिबन्धु टी-स्टेट’को जग्गा सट्टाभर्ना गर्न अनुमति दिँदा कांग्रेस-माओवादीलाई जस्तो आफूलाई लोभ लागेनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘गिरिबन्धु टी-स्टेट’को जग्गा कानुनसम्मत ढंगले मन्त्रिपरिषदले सट्टाभर्ना गर्न अनुमति दिएको बताउनु भएको छ । ‘गिरिबन्धु टी-स्टेट’देखि करिब ४५ किलोमिटर पश्चिम दमकमा आयोजना गरिएको नेकपा एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस- माओवादीजस्तो आफू कमिसनको लोभमा नपरेको बताउनुभयो । बरु माओवादी र कांग्रेसले गिरिबन्धु कै ७० बिघा जग्गा हचुवाका भरमा बसपार्क बनाउन दिएको ओलीले दाबी गर्नुभयो ।

‘गिरीबन्धु टी-स्टेट केपी ओलीले खायो भन्छन् । त्यहीँ छ त कसरी खाएँ ?’ माओवादी र कांंग्रेसतिर लक्षित गर्दै ओलीले भन्नुभयो ,‘तिनीहरुले एकपटक १९ र एकपटक ५१ बिघा गरेर ७० बिघा जमिन बिनाकानुन टी-स्टेटलाई सट्टाभर्ना दिएका हुन् ।’

आफू प्रधानमन्त्री भएका बेला उक्त जग्गा सट्टाभर्नाका लागि टी स्टेटका तर्फबाट निवेदन आएको उहाँले बताउनुभयो । ‘चियाको बोटको आयु ६० देखि ८० वर्ष हुँदो रहेछ । ०२०/०२१ सालमा लगाएको चियाको बोटको आयु पुगिसकेको थियो ‘, ओलीले भन्नुभयो, ‘फेरी चिया लगाउनलाई अरु २० वर्ष पर्खनु पर्ने रहेछ । त्यसैले अर्को जमिन खरिद गरेर यहाँ सहरीकरण गर्न मिल्ने गरी २०७८ साल बैशाख १३ गतेको मन्त्रिपरिषदले निर्णय गरेको हो ।’

यो निर्णयमा आर्थिक चलखेल भयो भनेर प्रश्न उठाउनेहरुलाई अध्यक्ष ओलीको जवाफ थियो ‘म के कांग्रेस, माओवादी हुँ र कमिसन खानलाई ? कि उनीहरुको अंशियार हुँ ?’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org