राप्रपालाई एउटा संसदीय समितिको नेतृत्व दिन प्रचण्ड तयार
काठमाडाैँ । सत्ता गठबन्धनले संसदीय समितिका सभापति पदअन्तर्गत आफूले पाएका सिटमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एउटा दिने भएको छ।
आइतबार बसेको सत्तारुढ दलका प्रमुख सचेतकसहितको बैठकले राप्रपालाई एउटा समितिको सभापति पद दिने निर्णय गरेका हुन्। यद्यपि कुन समिति दिने भन्ने खुलाइएको छैन।
‘अहिलेसम्म संसदीय विशेष सुनवाइ समिति दिने भन्ने नै छ,’ बैठकस्थलमा रहेका एक सांसदले भने।
प्रतिनिधिसभाका १० र राष्ट्रिय सभाका २ गरी १२ वटा समितिमा नेतृत्व छान्न भोलि भदौ ११ गते निर्वाचन हुँदै छ।
दलहरुबीचको सहमतिअनुसार कांग्रेसले ४, माओवादी केन्द्रले २, एकीकृत समाजवादीले १, जसपाले १ र जनमतले १ समितिको नेतृत्व पाउनेछन्। एमालेको भागमा ३ वटा समिति परेका छन्।
सत्ता गठबन्धनले आफूले पाएका समितिमध्ये एउटा राप्रपालाई दिने भएको हो।
Comments
अरु समाचार
-
व्यापार ,व्यवसाय सञ्चालनमा अवरोध नगर्न अदालतको आदेश
काठमाडौँ: उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशहरू...
-
त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड
काठमाडौं । राष्ट्रियसभा, सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् ।...
-
झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न
काठमाडौं । झापामा कोशी प्रदेशको सबैभन्दा लामो र देशको तेस्रो लामो झोलुङ्गे पुल निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भएको...
-
आइजीसीको बैठ काठमाडौंमा सुरु, वस्तु निर्यातदेखि वाणिज्य सन्धिसम्मका विषय उठाइने
काठमाडौं । नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आइजीसी)को बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत...
-
अमेरिकाको पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु
काठमाडौं । अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु भएको छ। भर्जिनियाको स्यान्टिली शहरस्थित एक होटल बाहिर रहेको पोखरीमा...
-
तिब्बतका भूकम्पपीडितलाई नेपालीको सहयोग
काठमाडौं । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख...
-
लस एन्जलस डढेलोः कम्तीमा १० जनाको मृत्य
काठमाडौं । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस...
-
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत
काठमाडौं । प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७...
-
ज्योति खड्का अभिनित गित‘त्यो रुपमा जादु छ’को म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । ज्योति खड्का अभिनित ‘त्यो रुपमा जादु छ’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । खड्का पछिल्लो समय...