युवा विदेशिने क्रम अस्वभाविक रुपमा वृद्धीः १९ महिनामै बाहिरिए झण्डै १३ लाख
काठमाडौं । विदेशिने युवाको संङ्ख्या अस्वभाविक रुपमा दिनप्रतिदिन बढ्दै गएको छ ।
स्वदेशमा अवसरको कमी भएको भन्दै विदेश पलायन हुने नेपाली युवाहरुको सङ्ख्या बढ्दो छ । मुलत शिक्षा र रोजगारीका लागि युवा बाहिरिने गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन विदेश जाने हजारौ युवाहरूको लर्को हुन्छ । अध्ययन, रोजगारी होस् वा भिजिट भिसाको नाममा उतै हराउने होस्, जसरी भएपनि विदेश जाने मनोविज्ञान बढिरहेको छ ।
सन् २०२२ जनवरी यता अर्थात् १९ महिनामा कुल विदेश जाने नेपालीहरूको सङ्ख्या २३ लाख ६७ हजार ५७८ रहेको अध्यागमन विभागको तथ्याङ्कमा देखिएको छ । यो क्रम कोभिड महामारीपछि झनै बढ्ने क्रममा रहेको अध्यागमन विभागका प्रवक्ता खिमराज भुषाल बताएका छन् ।
अधिकांश विद्यार्थीहरु प्लस–टु सकेपछि जसरी पनि विदेश जाने भन्ने मनोविज्ञान पालेर हुर्किरहेका छन् । कक्षा १२ को परीक्षा सकिदा नसकिँदै ‘कन्सल्टेन्सी’ धाउने विद्यार्थीको चाङ बढ्दो छ । साथै, स्नातक तहको अध्ययन नेपालमै गरे पनि पुनः विद्यार्थी भिसामा विदेशकै यात्रा तय गर्ने धेरैको लक्ष्य रहेको देखिन्छ ।
अर्कोतर्फ रोजगारीका लागि पनि युवाहरूको लक्ष्य विदेश नै रहेको देखिन्छ भने विभिन्न पेशा, व्यवसाय र जागिरमा लागेकाहरू पनि नेपालमा भविष्य नभएको भन्दै विदेश जाने क्रम बढ्दो छ । अध्यागमन विभागका प्रवक्ता भुषालका अनुसार यहाँबाट सबैभन्दा बढी रोजगारीका लागि विदेश जाने गरेका छन् । जनवरी २०२२ यता मात्रै रोजगारीका लागि विदेश जानेको सङ्ख्या १३ लाख १ सय २४ रहेको छ ।
अध्ययन तथा भ्रमणका लागि जानेको सङ्ख्या पनि उत्तिकै छ । तथ्याङ्कअनुसार अध्ययनका लागि विदेश जानेको सङ्ख्या जनवरी २०२२ यता १ लाख ५८ हजार ८ सय ५५ रहेको छ । यस्तै, भ्रमणका लागि विदेश जानेको सङ्ख्या २ लाख ९३ हजार ९ सय ४८ रहेको छ । यस्तै अन्य प्रायोजनमा जानेको सङ्ख्या पनि पछिल्लो समय बढ्दो क्रममा देखिन्छ ।
विभागका प्रवक्ताका अनुसार वैदेशिक रोजगारीको लागि नेपालीहरू धेरैजसो खाडी मुलुक जाने गरेको छन् भने अध्ययन प्रयोजनमा जानेहरू युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा जस्ता देशहरुमा जाने गरेका छन् ।अध्यागमन विभागको तथ्याङ्कअनुसार गन्तव्यका आधारमा सबैभन्दा बढी नेपाली यूएई गएका छन् । २०२२ जनवरी यताको तथ्याङ्कअनुसार यूएई मात्र जानेको सङ्ख्या ३ लाख ९४ हजार ३ सय २० रहेको छ ।
दोस्रो गन्तव्यका रूपमा मलेसिया रहेको छ । सोही अवधिमा मलेसिया जानेको सङ्ख्या ३ लाख ९ हजार ६४ रहेको छ । यसैगरी, तेस्रो गन्तव्यमा कतार रहेका छ, जहाँ २ लाख ९२ हजार ६१ जना नेपाली २०२२ यता गएका छन् ।
यसैगरी, साउदी अरेविया, भारत, अष्ट्रेलिया, जापान, अमेरिका, कुवेत, बेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, क्यानडा, हङकङ, रोमानिया, बहराइन, पोर्चुगल, ओमान लगायतका देश पनि नेपालीहरूका लागि प्रमुख गन्तव्य मुलुक रहेका छन् । यसरि दिनप्रतिदिन भइरहेको युवा पलायन रोक्न नसके राज्यले ठुलो लगानी गुमाउनुका साथै हरेक क्षेत्रमा दक्ष जनशक्तिको अभाव झेल्नु पर्ने हुन्छ ।
Comments
अरु समाचार
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...












