ताजा समाचार

‘नेश्नल पेमेन्ट गेट वे’ घाेटला प्रकरण: मुख्यसचिवसँग अख्तियारले लियो बयान

काठमाडाैँ । नेश्नल पेमेन्ट गेटवेको घोटालामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालसँग बयान लिएको छ।

अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा हुँदा भएको खरिद प्रक्रियामा प्रश्न उठेपछि अख्तियारले छानबिन गरिरहेको छ ।

‘अर्याल सञ्चार मन्त्रालयको सचिव हुँदा राष्ट्रिय राष्ट्रिय भुक्तानी प्रणालीसम्बन्धी नीतिगत निर्णय गर्ने निर्देशक समितिको संयोजक थिए’, अख्तियार उच्च स्रोतले भन्याे, ‘भुक्तानी प्रणालीसम्बन्धी काम कारवाही र खरिदका विवादास्पद विषय अनुसन्धान भइरहेको छ, त्यही सिलसिलामा अर्यालकाे बयान लिइएको हो ।’

कानुनी र नीतिगत जिम्मेवारी स्पष्ट नहुँदै राष्ट्रिय सूचना प्रविधि केन्द्रले पेमेन्ट गेट वे निर्माणको निर्णय गरेको थियो । केन्द्रले गरेका खरिदका कयौ कामकारवाही विवादित भएको पाइएपछि अख्तियारले यो विषय अनुसन्धान गरिरहेको छ ।

यस अघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलकाे बयान लिइसकेकाे छ ।

‘नेश्नल पेमेन्ट गेट वे’ घोटाला प्रकरणः अख्तियारको बयान जारी, आजै अभियोजन गर्ने तयारी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org