हाँस्य कलाकारहरुले यसपालिको गाईजात्रा प्रज्ञा भवनमा गर्ने, पुस्ता हस्तान्तरण कसरी हुन्छ भन्ने नेताहरुलाई देखाइदिने
काठमाडौं । ब्रान्ड वर्थ प्रा. लि. को आयोजनामा यस वर्षको गाईजात्रा नेपाल प्रज्ञा भवनमा हुने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी हाँस्यकलाकारहरुले गाईजात्राको कार्यक्रमबारे जानकारी गराएका हुन् । ब्राण्ड वर्थका प्रमुख मोहन गजुरेलले यसवर्ष प्रज्ञा भवनसहित देशमा विभिन्न सहरमा गाईजात्राको देखाइने बताए । हाँस्यकलाकारहरुले विराटनगर, बर्दिबास र चन्द्रनिगापुरमा गाईजात्रा कार्यक्रम सकेर आएको बताए । काठमाडौंमा १४ गतेदखि १७ गतेसम्म प्रज्ञा भवनमा गाईजात्रा प्रस्तुत गरिने उनले बताए ।
हाँस्यकलाकार शैलेन्द्र सिंखडाले गाईजात्रा डबलीबाट रङ्गमञ्चमा २०३३ सालमा पुगेको बताए । उक्त काम सत्यमोहन जोशीले गरेको उनले स्मरण गरे । आफूले २०३७ सालबाट गाईजात्रा गर्ने गरेको भएपनि बीचमा कोरोनाको कारण दुई वर्ष डिजिटल माध्यमबाट गाईजात्रा देखाएको बताए । ‘मैले २०३७ सालबाट गाईजात्रामा कार्यक्रम गरेको, अहिलेसम्म निरन्तरता थियो । कोभिडको कारणले दुईवर्षबीचमा छुट्यो । त्यो छुट्दा पनि ब्रान्ड वर्थ प्रा.लि. ले डिजिटल माध्यमबाट दर्शक समक्ष पुर्याउने काम गर्यो,’उनले भने ।
उनले ब्राण्ड वर्थ प्रा.लि. का प्रोपाइटर मोहन गजुरेलको प्रस्तावमा अहिलेको गाईजात्राका गर्न लागेको बताए । आफूले गरेको यो गाईजात्रा चौथो पुस्तासँगको भएको बताउँदै उनले पुस्ता हस्तान्तरी कसरी हुन्छ भन्ने नेताहरुलाई देखाइँदिने बताए ।‘मैले गरेको गाईजात्रा हो, चौथो पुस्तासँगको गाईजात्रा हो । राजपाल हाडा दाई, मोहन दाई, हरि दाई, सन्तोष दाई तीते जिरे मेरीबास्सै र यो समेत गरेर मेरो यो चौथो पुस्तासँगको गाईजात्रा हो । पुस्ता कसरी हस्तान्तरण हुन्छ भनेर हामी नेताहरुलाई देखाईन्छौं,’– उनले भने । संस्कृतिको निरन्तरता र पुस्ता हस्तान्तरण गाईजात्राको प्रमुख उद्देश्य भएको उनको भनाई छ ।
अर्का हाँस्यकलाकार मनोज गजुरेलले गाईजात्राको परम्परालाई जोड्न र पुस्ता हस्तान्तरणको सन्देश दिनका लागि यो वर्षको गाईजात्रा आयोजना गरेको बताए । कार्यक्रममा उपस्थितिका लागि उनले सबैलाई आग्रह गरे । कार्यक्रम प्रज्ञा भवनमा १४ गते दिउँसो र बेलुका गरी दुई शो, १६ गते एक शो र १७ गते दुई शो मा प्रस्तुत हुनेछ । कार्यक्रममा वरिष्ठ संगितकार टीका भण्डारी, हाँस्यकलाकारहरु सुवोध गौतम, चक्र दवाडी, सीता न्यौपाने, प्रभात लामा, मेक्सम गौडेल, सुन्दर खनाल, रुविना अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुखबिच भेटवार्ता
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच आज भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले सभामुख...
-
सुरक्षा चुनौतीको रिपोर्टिङ लिन मधेस प्रदेश पुगे गृहमन्त्री श्रेष्ठ
काठमाडाैँ । तराईका जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव विथोल्ने संकेतहरु देखा परेको भन्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुरक्षा चुनौतीको...
-
रिगललाई जेलमै राख्नुपर्ने माग राख्दै भारतीले सुरु गरिन् अनशन
काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी...
-
एसियाली खेलकुद: महिला कबड्डीबाट नेपाललाई पदक पक्का
काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा नेपाल पदकविहीन रहनबाट जोगिने पक्का भएको छ। बुधबार बिहान नेपालले महिला कबड्डीको सेमिफाइनलमा...
-
विवादका बीच स्थगित भएको बागमती प्रदेशसभा बैठक आज बस्दै
हेटौँडा । विवादका बीच दुई दिनदेखि स्थगित भएको बागमती प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । बैठक अपराह्न ४ बजे...
-
देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जनाएको...
-
बझाङ भूकम्प अपडेटः घाइते हुनेको संख्या १७, एकजना बेपत्ता
कैलाली । बझाङ भूकम्पमा परि घाइते हुनेको संख्या १७ पुगेको छ । लेकमा एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले...
-
आजको राशिफलः २०८० असोज १७ गते, बुधवार
मेष: व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार...
-
कार्तिक ७ गते बिहान ११ः०२ बजे विजयादशमीको टीकाको उत्तम साइत
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक...