आजको राशिफलः २०८० भदौ १३ गते, बुधवार
मेष: मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ।बिहान अरूको इच्छाअनुकूल काम गर्नुपर्ने देखिन्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। किनमेलमा केही रकम खर्च हुनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ।
वृष: दिगो उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ।आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ। सामाजिक जिम्मेवारी तथा नेतृत्व हातलागी हुनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। काम पूरा नभए पनि दिगो योजना बन्नेछ।
मिथुन: प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ।
कर्कट:कामको चाप बढ्नेछ र सानोतिनो समस्याले अल्झाउन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउन सक्छ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। चिताएको काम बिहानै गर्दा फाइदा हुनेछ। व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ। तर मध्याह्नदेखि हिसाबमा देखिएको लाभांश हातलागी हुन समय लाग्नेछ। वादविवादले प्रेम र मित्रताको बन्धन कमजोर रहला।
सिंह: व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। केही रकम सञ्चय गर्न पनि सकिनेछ।सम्भावना देखिए पनि प्रतिस्पर्धा बढ्नाले ठूलो उपलब्धि नहुन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। मध्याह्नपछि मिहिनेतको राम्रो फल प्राप्त हुनेछ। आयस्रोत बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ।
कन्या: प्रतीक्षा गरिएको नतिजा पनि कमजोर रहनेछ। सहयोगीहरूले काममा साथ दिन छाड्नेछन् भने अस्वस्थताले व्यवसायमा पनि बाधा पुर्याउन सक्छ।विशेष काम बिहानै गर्नु फाइदाजनक हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मध्याह्नदेखि सामान्य प्रतिस्पर्धामा अलमलिनुपर्ला।
तुला: सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।
वृश्चिक: बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। विवादास्पद कामको जिम्मेवारी वहन गर्न सकिनेछ।अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। तापनि लगनशीलताले आंशिक उपलब्धि दिलाउनेछ। मध्याह्नपछि भने चुनौती पन्छाएर काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले सफलता मिल्नेछ।
धनु: आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्। हठले अप्ठ्यारो पार्न सक्छ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ।महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ। आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ। बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ। मध्याह्नदेखि आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्।
मकर:बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। मध्याह्नदेखि नयाँ काम प्रारम्भ हुनेछ।
कुम्भ: स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ।अरूको करकापमा काम गर्नुपरे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। कर्जामार्फत खर्च जुटाउन सकिनेछ। काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। मध्याह्नदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ।
मीन: विदेश ताक्नेहरूलाई सुखद समाचार प्राप्त हुनेछ। प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर जुट्न सक्छ। मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मध्याह्नदेखि खर्चिलो काम प्रारम्भ हुनेछ। यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...












