ताजा समाचार

व्याख्यात्मक घोषणा जनता झुक्याउने खेस्रा मात्रै हो, एमसीसी कार्यान्वयन हुन्छः केपी ओली

काठमाडौं ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पूर्ण कार्यान्वयन आजबाट सुरु हुने भएको छ ।

आज बाट एमसीसी को कार्यन्वयन हुन लागेको हो ।कार्यक्रम सुरु हुन लागेकै दिन पुर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षि दलका नेता केपी शर्मा ओलिले वर्तमान सरकारले एमसीसी पास गर्दा १२ बुँदे घोषणका नाममा जनतालाई झुक्याउने काम मात्रै गरेको बताएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग कार्यक्रम एमसीसी सम्झौताका विषयमा संसदले पास गरेको १२ बुँदे ब्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताएका हुन्।

एमसीसी पास गराउन कै लागि तत्कालिन सत्तापक्षले जनता झुक्याउन व्याख्यात्मक घोषणा पास गरे पनि एमसीसीले त्यसलाई नमान्ने उनले बताए । यद्यपि एमसीसी नेपालको संसदले अनुमोदन गरेका हुनाले कार्यान्वयनमा जान्छ ।

‘संसदले अनुमोदन गरेको कुरा कार्यान्वयनमा जान्छ’, ओलीले भने, ‘त्यो १२ बुदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो उहाँहरुले ९सत्तापक्षले० नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो ।’

जनताको चौतर्फि विरोधका बिच कार्यन्वयन गराउन कै लागि १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंग हुन्छ भनेर तत्कालिन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले संसदमा झुट बोलेको ओलीले बताए । ‘१२ बुदे ब्याख्यात्मक घोषणाका सन्दर्भमा तत्कालिन प्रधानमन्त्रीले र परराष्ट्रमन्त्रीले एमसीसीले मानिसकेको छ, सम्झौताको अंग हुन्छ भनेर संसदमा नै बोलेर नेपाली संसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो र गलत प्रभाव पारेर पास गराउने बाटो लिनुभयो’ ओलीले भने ।

यही बुधबार नेपाल आउन लागेका एमसीसीका उपाध्यक्ष नेपाल आएका बेला व्यख्यत्मक घोषणा मान्ने कि नमान्ने भनेर प्रश्न गर्ने पनि बताएका छन् । तर त्यति प्रश्न गर्न पनि प्रधानमन्त्री प्रचण्ले नसक्ने उनले भनेका छन् र

‘सोध्न किन पर्‍यो, उहिले नै एमसीसीले जवाफ दिएको छ, उहिले नै भनेको छ, सम्झौता भन्दा वरपर कसका के घोषणामा कुनै सरोकार छैन जान्दैनौं भनेको छ’ ओलीले भने, ‘त्यो जवाफ पनि थाहा छ, उहाँले सोध्ने पनि होइन,‘जनता अल्मल्याउनका लागि बोलेको हो ।’अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पूर्ण कार्यान्वयन सुरु हुन लागेकै दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनतालाई ढाँटेको आरोप लगाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org